एकैपटक ल्याइयो मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु

Spread the love

काठमाडौं, साउन ९ (ई–रैवार)

मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएका हुन।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको हो । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।