डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि
Spread the love

 

डोटी, भदौ १६  (ई-रैवार)

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीका २४ र अछामका ७ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको बताउका छन ।

अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठका अनुसार डोटीको दिपायल सिदगढी नगरपालिकाका डा नम्वर ४ का  २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का २ पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अछामको रामारोशन गाउँपालिकका २ महिला र २ पुरुष गरी ४ जना, बान्नीगढी जयगढ गाउँपालिकाका २ पुरुष र वडा नम्वर १ का १ पुरुषमा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताएका छन ।

आज नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका ५६ जनामा संक्रमण पुष्टि भएको छ ।  यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ भने झण्डै  ५ हजार संक्रमण मुक्त भएको दावी गरिएको छ।