काठमाडौं, असोज २० (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ४ महिला र ५ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो ।
मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौंका ५९ वर्षीय महिला, काठमाडौंका ६० वर्षीय महिला, ललितपुरका ६७ वर्षीय महिला, ललितपुरका ६१ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र नवलपरासी पुर्वका ७७ वर्षीय महिला रहेका छन ।
सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । हालसम्म कुल कोरोना संक्रमितको शून्य दशमलव ६२ प्रतिशत मृत्यु भएको छ ।



