चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै साँझ सपथ लिदँदैछन् ।
जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्रालय खोसिने भएकोे छ ।
नयाँ सहमतिसँगै जनता समाजवादी पार्टी (जसपा)ले ८ मन्त्रालय पाउने भएका छन् । अझै तीन मन्त्रालय मन्त्री विहीन छन् । रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका तीन जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्।
अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन्।


