सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको राजिनामा माग

Spread the love

धनगढी, जेठ २१ (ई-रैवार) 

नेकपा एमाले (ओली समूह) का प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । ओली समूहका प्रदेश सभा सदस्य बोहराले मुख्यमन्त्री मुख्यमन्त्री त्रीलोचन भट्टको राजीनामा मागेका हुन ।

शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा उनले आफुहरु प्रतिपक्ष भएको भन्दै आफूहरुका लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका छन्।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषण गरे लगत्तै बोहराले आफ्नो सिटबाट उठेर भने, “राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन। नेकपा एमाले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा र प्रदेश सभालाई समेत जानकारी गराइसकेको अवस्थामा सिटिंगको व्यवस्थापन भएको मैले देखिन। नेकपा एमाले अब प्रतिपक्ष भएको छ। समर्थन फिर्ता लिइसकेकोपछि सरकार अल्पमत परेको छ। मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ।” उनले ।