काठमाडौं, भदौ ३ (ई-रैवार)
नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु भएको छ । २५ औं महाधिवेसनबाट निर्वाचित वर्तमान कार्य समितिको कार्यकाल यही भदौं ५ गते सकिँदैछ ।
पत्रकारहरुको पेशागत हकहितमा क्रियाशील नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनको तयारी स्वरुप राष्ट्रिय भेला भ्रच्युल मार्फत राष्ट्रिय भेला सुरु भएको हो ।
भेला नेपाल पत्रकार महासंका अध्यक्ष गोविन्द आचार्यको सभापतित्वमा शुरु भएको छ । सो भेलामा जिल्ला अध्यक्ष, सल्लाहकार, प्रदेश अध्यक्षहरु र केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारीहरु सहभागी भएका छ । भेलाले महासंघको २६ औं महाधिवेसनको मिति तय गर्नेछ भने जिल्ला र प्रदेश अधिवेसनको मिति तय गर्नेछ ।
भेलाको उदघाटन कार्यक्रम महासंघका महासचिव रमेश विष्टले कोरोनाको महामारीबाट चुनौतीका बीचमा महासंघले प्रविधीको माध्यम बनाएर भेला आयोजना गरिएको बताए । उनले कोरोना संक्रमणबाट झण्डै ३० जना पत्रकारहरु प्रभावित भएको जानकारी दिएका छन ।


