काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । सबै प्रदेशमा मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको हो ।
प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ ।
हेर्नुहोस् उम्मेदवारको सूची




