ओलीले सोधे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

Spread the love

धनगढी, जेठ २१ (ई-रैवार)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन्। पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले स्पष्टीकरण सोधिएका हुन ।

ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

माधवकुमार नेपाल समूहको सुदूरपश्चिम प्रदेशमा बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर पाँच मन्त्री र चार राज्यमन्त्री बनेका छन् । दल नेता शाह दोहोरिए ।