बीपीको जयन्तीको अवसरमा तीन दिने ‘भर्चुअल’ कार्यक्रम तय

बीपीको जयन्तीको अवसरमा तीन दिने ‘भर्चुअल’ कार्यक्रम तय
Spread the love

 

काठमाडौं, भदौ १९ (ई-रैवार)

नेपाली कांग्रेसले जननेता बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा तीन दिने ‘भर्चुअल’ कार्यक्रम तय गरेको छ । पार्टीका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर कांग्रेसले भदौ २४, २५ र २६ गतेका लागि तीन दिने ‘भर्चुअल’ कार्यक्रम तय गरेको हो ।

पहिलो दिनको ‘बीपी विचार केन्द्रित गोष्ठि’ लाई सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

यस्तै भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको योगदान’ विषयक कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरु वक्ता रहेका छन् ।

मुख्यसचिव पौडेलकाअनुसार भदौ २६ गते आयोजना गरिने ‘विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक ‘भर्चुअल’ कार्यक्रममा केन्द्रीय सदस्यद्वय प्रदिप गिरि र नरहरि आचार्य वक्ता रहेका छन् ।