धनगढी, १३ वैशाख ।
कैलाली र कञ्चनपुरमा आजदेखि राति ८ बजेदेखि विहान ८ बजेसम्म लकडाउन हुने भएको छ । कोरोना संक्रमण बढ्दै गए पछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा अन्तर जिल्ला बैठकले आज राति ८ बजेदेखि विहान ८ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए ।
‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । नाइट लकडाउन भन्दा हुन्छ ।’ उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई/तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ ।
यस्तै दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमती भएको छ ।
के गर्न पाउने के नपाउने यस्ता छन् निर्णय :-






