राष्ट्रपति भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रपति भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्दै
Spread the love

काठमाडौं, चैत्र ३ (ई-रैवार) 

राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालय शीतल निवास स्रोतले जनाएको छ । पछिल्लो राजनीतिक अस्थिरता बढेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालय शीतल निवास स्रोतले पुष्टि गरेको छ । पछिल्लो राजनीतिक अस्थिरता बढेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

बैठकमा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र, प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदूर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

सरकारले संसद् विघटन गरेपछि बढेको राजनीतिक अस्थिरता सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि थप अस्थिरता निम्तिएको छ ।

सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको यसैबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि सोही विषयमा राष्ट्रपति सक्रिय भएको अर्थ्याइएको छ ।