ईलाम माघ १५(ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता अझैँ सम्भव रहेको बताएका छन् ।
ईलाम जिल्लाको सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
संसदमा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए।
सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनर्स्थापित हुने भट्टराईले जिकिर गरे।
प्रधानमन्त्रीले गल्ती स्वीकारे पार्टी एकता जोगिन्छः नेता भट्टराई


