नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मुतकको संख्या ६ सय ४५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मुतकको संख्या ६ सय ४५ पुग्यो
Spread the love

काठमाडौं, असोज २६ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा २ महिला र  ७ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको शून्य दशमलव ५८ प्रतिशत हो ।

आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।