काठमाण्डौँ माघ १५(ई-रैवार)
केहीसमयअघि नेकपा विभाजनलाई पिलो निचोर्दा तौल घट्दैन भन्ने अभिव्यक्ती दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । बिहीबार आफु निकट श्रमिकहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हिजोसम्मनेकपा कमजोर र गएगुज्रेको पार्टी रहेको बताउदै आज पिलो निचोेरेसँगै एकतावद्ध र गतिशील पार्टी भएको दावी गरेका हुन् ।
‘हाम्रो पार्टी एकताबद्ध र अनुशासित पार्टी भएको छ’ ओलीले भने, ‘किन रहेछ भनेको त पार्टीलाई अराजकतातर्फ लैजानेहरु अलग भएकाले रहेछ ।’
उनले त्यस्ता तत्वहरुले जहिले पनि आन्दोलनलाई कमजोर र शिथिल पार्ने गरेको आरोप समेत लगाए । ‘हिजो गएगुज्रेको थियो पार्टी । बिमारी त्यही पिलो रहेछ’ ओलीले प्रचण्ड माधवप्रति लक्षित गर्दै भने, ‘हामी त हाम्रो घरमा छौ । केही तत्वहरुले मजदूरहरुलाई अल्मल्याएका छन् । झुठा आश्वसन बाँडेका छन् । त्यस्ता कुराहरुबाट मुक्त हुनुपर्छ र हामीले सही बाटोमा धारणा राख्नुपर्छ।’
प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए ।
पिलो निचोर्दा नेकपा गतिशिल भयो: प्रधामन्त्री ओली


