नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, २८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, २८ जना कोरोना संक्रमितको मृत्यु
Spread the love

काठमाडौं, मंसिर १० (ई–रैवार)

नेपालमा आज थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ । हालसम्म नेपालमा २ लाख ७ हजार ९ सय  ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार १ सय  ४० जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।