वेस्ट इन्डिजविरूद्धको दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी

Spread the love

काठमाडौँ, साउन १७ (ई-रैवार)

वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए ।