सेती प्रादेशिक अस्पताल थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, मंसिर १० (ई–रैवार)

सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३१३ जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, वडा नम्बर २,३,५र८ का १/ १ जना, धनगढीको वडा नम्वर नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कैलालीको टिकापुरका ८जना, गोदावरीका ४ जना,घोडाडोडीका एक जना, र कैलालीको स्थानीय तह नखुलेका  १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको भिमदत्तका ६ जना, बेतकोटका ४ जना, पुर्नवासका २जना, बेलडाडीका १ जना र बझाङका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।