सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि
Spread the love

धनगढी, मंसिर २ (ई–रैवार)

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार सुवेदीको स्वास्थ्य अवस्था सामान्य छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ ।

यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।