नेपालमा थप ५ सय २ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

नेपालमा थप ५ सय २ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
Spread the love

काठमाडौँ,  मंसिर २ (ई–रैवार)

नेपालमा आज थप ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार १ सय १२ नमुना परीक्षण गर्दा २ सय ४ महिला र २ सय ९८ पुरुष जनागरी ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस सँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ छ । उनीहरुमध्ये १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।