काठमाडौं, असोज २५ (ई-रैवार)
कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा ३ करोड ७४ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७४ लाख ५९ हजार एक सय ६१ पुगेको हो ।
जसमध्ये २ करोड ८१ लाख ११ हजार नाै सय ५१ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १० लाख ७७ हजार चार सय ५८ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ७९ लाख ४५ हजार पाँच सय पाँच र भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५ सय ४३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
तेस्रो नम्बरमा रहेको ब्राजिलमा ५० लाख ९० हजार ८ सय ४० पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।


