डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित

डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित
Spread the love

काठमाडौं, असोज २५ (ई-रैवार)

डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित गरेका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यालय सहयोगी विकास नेपालीले जुस खुवाएर सत्याग्रह स्थगित भएको हो । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

गएराति सरकार र डा. केसीबीच आठबुँदे सहमति भएपछि आइतबार बिहान सत्याग्रह स्थगित गरेका हुन् ।

डा. केसीले ६ बुँदे माग राखेका थिए तर थप दुईबुँदा सरकारले थपेको थियो । जसमा सातौं नम्बरको बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा सत्याग्रह तोड्ने सहमति भएसँगै सत्याग्रह स्थगित गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।