काठमाण्डौं साउन २८(ई-रैवार)
कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो।
भीमफेदी गाउँपालिका८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले शव देखेका थिए।
मंगलबार नै जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको टोली खटिएको थियो। उक्त टोली भने टाढा भएको हुदाँ बेलुकीमात्रै घटनास्थल पुगेको थियो।
मंगलबार नै शव भेटिए पनि सनाखत भने भइसकेको थिएन। उनको शरिरमा लुगा नभएकाले प्रहरीलाई पहिचान गर्न कठिन भएको थियो।
शवको सनाखत भइसकेको थिएन, आज बिहान काठमाडौंमा तस्बिर पठाएपछि मात्रै उनी हुन् भन्ने पहिचान भएको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले पनि उनको शव मकवानपुरमा भेटिएको पुष्टि गरे।
पत्रकार बानियाँ तीन दिन देखि सम्पर्कविहीन थिए। उनी परिवार साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी दिएको थियो।
प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।
तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।
बरिष्ठ पत्रकार बलराम बानियाँको मृत्यु भएको पुष्टि


