काठमाडौं, आश्विन १ (ई-रैवार)
नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ६ सय ४१ नमुना परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय १८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५ सय ७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।
यस्तै चितवनका १ सय १ जना, मोरङका ९४, मकवानपुरका ६३, सुनसरीका ५४, अछामका २२, प्युठान, बाँके र कैलालीका २१/२१ जना, पर्साका १९, डोटीका १७, धनुषा, कास्की, नवलपरासी १६/१६ जना, नवलपुरका १५, बर्दियाका १३, झापा, सर्लाही र सिराहाका ११/११ जना तथा बारा र दैलेखका १०/१० छन् ।
सप्तरीका ९ जना, कञ्चनपुरका ८, रौतहटका ७, महोत्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ४/४ जना, दोलखा, गोरखा र रुपन्देहीका ३/३ जना, काभ्रे, धादिङ र तनहुँका २/२ जना तथा उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यस सँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । उनीहरुमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९ सय ४९ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ९ सय ३ जना र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका साथै मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रय संक्रमितको संख्या ५ सय बढी छ । सोखलुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमित शून्य छन् ।
मंगलबार कोरोना भाइरसका एक हजार ४ सय ५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो ।
बुधबार देशभर कोरोना भाइरसबाट एक हजार ५ सय ३९ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा एक हजार ६८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु छ ।


