कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृतक संख्याको ३ सय ८३ पुग्यो

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृतक संख्याको ३ सय ८३ पुग्यो
Spread the love

काठमाडौं, आश्विन १ (ई-रैवार) 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने महिलामा मोराङमा ६४, चितवनमा ३६ र कैलालीमा ५७ वर्षीया रहेका छन् । यस्तै काठमाडौंमा ८७ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।