धनगढी, आश्विन १ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टमा परिक्षण गरिएका ३ सय ३३ नमुनाहरुमध्ये २२ जनामा संक्रमण पुष्टि भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर २ का ६ जना, धनगढीकै वडा नम्बर नखुलाका १ जना र गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३ जना, भजनी नगरपालिका वडा नम्बर ५ का ३ जना, गोदावरी नगरपालिका वडा नम्बर ४ का १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर २ का १ जना, पनर्वास नगरपालिका वडा नम्बर ५ का ४ जना र बेलौरी नगरपालिकाका १ जनामा संक्रण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ७६ जनाको कोरोना परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो २४ घण्टामा ७६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका १७ जना र अछामका १७ जनामा संक्रमण पुष्टि भएको हो।
डोटीको केआइसिंह गाउँपालीकाका शिखर नगरपालिकाका ७ जना पुरुष, १ जना महिला, दिपायल सिलगढी जगरपालिकाका ५ जना पुरुष, र अछामको साफेबगरका १३ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टी भएको हो ।
यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय १५ जना पुगेको छ । भने १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।


