बैतडी, कार्तिक ५ (ई-रैवार)
बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । डिलाशैनी गाउपालिका — ६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।
उनलाई कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गरेको थियो । बेथा लागेर अस्पताल गएकी उनको अवस्था सामान्य थियो ।
उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताएका छन् । उनलाई थप उपचारको लागि डडेलधुरा रेफर गरिएको थियो ।
सोही दिन राति अविरल वर्षाले बैतडी-डडेलधुरा सडक ठाउँ-ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको नाथले बताए ।


