संक्रमणको ‘हटस्पट’ बन्दै भारत : एकैदिन ४ लाख १४ हजार बढी कोरोना पुष्टि

संक्रमणको ‘हटस्पट’ बन्दै भारत : एकैदिन ४ लाख १४ हजार बढी कोरोना पुष्टि
Spread the love

काठमाडौं, वैशाख २४ (ई-रैवार)

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३ हजार ९८० जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ ।

भारतमा मंगलबारसम्ममा करिब १६ करोड २५ लाख डोज खोप लगाइएको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।