७७ ओटै जिल्लामा कोरोना संक्रमण, देशभर १२३०९ जना संक्रमित पुगे

७७ ओटै जिल्लामा कोरोना संक्रमण, देशभर १२३०९ जना संक्रमित पुगे
Spread the love

धनगढी असार १३(ई-रैवार)

नेपालमा शनिवार  ५ पाँचसय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसंगै देशभर संक्रमितको संख्या १२ हजार तिनसय नौ पुगेको छ ।

अब संक्रमित सबै ७७ जिल्लामा पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै देशका सबै जिल्लामा कोरोना संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिवार सबैभन्दा धेरै बाजुरामा ८६ जना, डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।