सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि
Spread the love

धनगढी असार १३(ई-रैवार)

सुदुरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाण्डौंको दुई अस्पताल र एक प्रयोगशालामा गरी एक सय ९८ जनामा कोरोना पुष्टि भएको हो भने धनगढी स्थित प्रादेशिक अस्पतालमा ३० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दुई हजार एक सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८/८ र  कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार  शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन् भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ। ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन्।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बाजुराका दुई सय २१, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।