विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, मृतकको संख्या ९ लाख ४५ हजार ५१ पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, मृतकको संख्या ९ लाख ४५ हजार ५१ पुग्यो
Spread the love

काठमाडौं, आश्विन १  (ई-रैवार)

विश्वभर कोरोना भाइरसको संक्रमण ३ करोडभन्दा बढी नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८ सय ३९ पुगेको हो ।

यस्तै एकै दिन थप ६ हजार २ सय २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ४५ हजार ५१ पुगेको छ ।

एकै दिन २ लाख ६१ हजार ७ सय  ७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १७ लाख ९७ हजार ९ सय  १८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४ हजार २ सय  ३५ जनाको मृत्यु भएको छ । ४२ लाख १८ हजार ९ सय  ६२ जना संक्रमित भएकोमा २२ लाख ८२ हजार ३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९४ हजार ५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८१ लाख ३७ हजार २ सय  ५० पुगेको छ । त्यसमध्ये ५० लाख ३७ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६९ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । ८९ लाख ७१ हजार १ सय ७१ जना संक्रमित भएकोमा ७२ लाख ७५ हजार ८ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ६ सय  ८२ जनाको मृत्यु भएको छ । ७२ लाख ९२ हजार ३ सय  जना संक्रमित भएकोमा ६० लाख ४४ हजार ६ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३३ हजार ३ सय  ५ जनाको ज्यान गएको छ भने १३ लाख ८० हजार १ सय  ४१ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ३१ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८ सय ६७ जनाको मृत्यु भएको छ । ३० हजार २ सय ९४ जना संक्रमित भएकोमा २६ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।