पाकिस्तानविरुद्ध पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी

पाकिस्तानविरुद्ध पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी
Spread the love

 

काठमाडौं, साउन २५ (ई-रैवार) 

जोस बटलर र क्रिस वोक्ले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ ।

म्यानचेस्टरमा भएको टेष्टमा चौथो दिनमै जित हात पार्ने क्रममा इंग्ल्याण्डले शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा जितपछि इंग्ल्याण्डले तीन खेलको सिरिजमा १ सय ९० को अग्रता बनाएको छ ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले ८२.१ ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गरेको हो । इंग्ल्यान्डको जितमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतक प्रहार गरे । उत्कृष्ट ब्याटिङ गरेका वोक्स ८४ रनमा अविजित रहे । उनले १ सय २० बल खेल्दै १० चौका प्रहार गरे ।

विकेटकिपर बटलरले ७५ रन योगदान गरे । १ सय १७ रन हुँदा ५ विकेट गुमाएपनि वोक्स र बटलरले छैटौं विकेटका लागि १ सय ३९ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।

यस्तै कप्तान जोय रुटले ४२ र डम सिब्लीले ३६ रन बनाए ।

पाकिस्तानका लागि यासिर शाहले ४ विकेट लिए भने शाहिन शाह अफ्रिदी, मोहम्मद अब्बास र नासिम शाहले १ – १ विकेट लिए ।

त्यसअघि पाकिस्तान दोस्रो इनिङ्समा १ सय ६९ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि दोस्रो इनिङ्समा यासिर शाहले सर्वाधिक ३३ रन बनाएका थिए ।

इंग्ल्यान्डका लागि स्टुवार्ड ब्रोडले ३ विकेट तथा बेन स्टोक्स र क्रिस वोक्सले २–२ विकेट लिए । पहिलो इनिङ्समा पाकिस्तानले ३ सय २६ र इंग्ल्याण्डले २ सय १९ रन बनाएको थियो ।