धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

धनगढी उप–महानगरपालिकाद्वारा डेढ अर्ब बढीको बजेट सार्वजनिक
Spread the love

धनगढी असार १०(ई-रैवार)
आगामी आर्थिक वर्ष २०७७/०७८ काल लागि धनगढी उप–महानगरपालिकाको डेढ अर्ब बढीको बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा प्रस्तुत गरिन । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूँजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ । बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।
बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको छ । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ ।