नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो
Spread the love

धनगढी जेठ ८(ई-रैवार)

नेपालमा कोरोनाभाईरस (कोभिड-१९) संक्रमितको संख्या चारसय ५७ पुगेको छ।

साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएसंगै संख्या बढेको हो । कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ।

नेपालमा कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ। ४९ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन्।