दार्चुला जेठ ८(ई-रैवार)
लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेको र त्यसले कोरोना संक्रमणको खतरा बढ्ने भएकाले नियन्त्रणमा लिनुपरेको, दार्चुलाका प्रहरी नायब उपरिक्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ ।


