काठमाडौँ, असार २६ (ई–रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि जान लागेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रमा पुग्ने छन् । बाढी आएको २६ दिनपछि प्रधानमन्त्री ओली प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले बाढी–पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको उनका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन् ।


