वैतडी वैशाख १०(ई-रैवार)
बुवा बितेको ४ दिन वित्यो । पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामी भारतकै क्वारेन्टाईनमा किरिया बस्न बाध्य छन् ।
उनीहरु भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसिरहेका छन्। ‘बुवाको ज्युदो मुख त देख्न पाएनौ न बुवालाई दागबत्ती दिन पायौँ,’ कियिा बसेका अमर भन्छन, ‘कम्तीमा घरमै बसेर किरिया गर्न नि नपाईने भयो ।’
भारतीय क्वारेन्टाइनमा किरिया गर्दा समस्या भएको धामीले बताए। बुवाको बितेको चार दिन भइसक्दासमेत स्वदेश फर्कन नपाउँदा सारै खल्लो लागेको अर्का छोरा प्रेमसिहं धामीले बताए। ‘भारतको क्वारेन्टाइनमै किरिया बस्नुपरेको छ। यस्तो अवस्थामा समेत आफ्नो देश फर्किन पाइएको छैन,’ उनले भने।
यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भएको जनाएको छ। आइतवार बुवाको मृत्यु भएपछि उनीहरुलाई बुधवार भित्राइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
५ वटा भाइहरुमध्ये ३ भाई भारतमा मजदुरी गरि फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए। यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वाशुदेव भट्टका आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्राइएको थियो।


