कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु , मृतकको संख्या ७५ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु , मृतकको संख्या ७५ पुग्यो
Spread the love

 

काठमाडौं, साउन २५ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १९ का ६२ वर्षका पुरुषको साउन २४ गते (हिजो) राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारका क्रममा मृत्यु भएको छ ।

मधुमेहको रोगको समस्या रहेको पुरुषमा साउन १७ गते कोरोना पुष्टि भएको थियो । त्यसैगरी पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २ बस्‍ने २० वर्षकी मृत्यु भएकी महिलामा पनि कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताएका छन ।

ती महिलामा साउन २५ गते कोरोना पुष्टि भएको उनले जानकारी दिए । प्रवक्ता डा. गौतमका अनुसार साउन २४ गते बिहान साढे १ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

ती महिलामा हाइपोथइरोडिजमको समस्या समेत रहेको उनले जानकारी दिए । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ ।