डोटी चैत्र १०(ई-रैवार)
जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारबाट जारी हुनेगरी निषेधाज्ञा जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासनले मंगलबार बिहान १०बजेबाट जारी हुनेगरी निषेधाज्ञा लगाएको हो ।
नोवेल कोरोनाभाईरस(कोभिड–१९) को संक्रमणको जोखिम घटाउन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘भारतबाट फर्केका नेपाली नागरिकहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको, यसबाट संक्रमण बढ्नसक्ने सम्भावना बढ्दै गईरहेको देखिएकाले’ निषेधाज्ञा जारी गरिएको जनाईएको छ ।
निषेधाज्ञामा नेपाल राजपत्रमा तोएिका अत्यावश्यक सेवाहरु भने निर्वाध चल्नसक्ने सूचनामा उल्लेख छ । ‘भोजनालय, खाद्यान्न तथा फलफुल एबं औषधि पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालसामान ओसार–पसार गर्ने ढुवानीका साधनहरु, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहोरमैली संकलन र ढुवा एबं विद्युत सेवाबाहेकका अन्य सबै सेवामा’ निषेधाज्ञा लगाईएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञाका समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कीन प्रशासनले आह्वान गरेको छ ।
डोटीमा निषेधाज्ञा जारी


