काठमाडौं, असोज २२ (ई-रैवार)
नेपालमा आज थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १ सय ३५, मकवानपुरमा १ सय ५, रामेछापमा ५, ललितपुरमा ३ सय २०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १ सय ९९ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्चिममा ५, सुर्खेतमा १ सय ६, हुम्लामा ३ र सल्यानमा ४ जनाका कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३ सय ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ जना र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर २ हजार ४ सय ४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
मंगलबार देशभर १ हजार ५ सय ५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३ सय ४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
बुधबार ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । देशभर बुधबार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।


