नेकपाबाट राष्ट्रिय सभामा भट्ट र स्वाँर उम्मेदवार

नेकपाबाट राष्ट्रिय सभामा भट्ट र स्वाँर उम्मेदवार
Spread the love

कैलाली पुस १९(ई-रैवार)
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंग्याएको छ । शुक्रबार बसेको सचिवालय बैठकले सुदूरपश्चिमबाट २ जना उम्मेद्वारसहित देशैभरका उम्मेदवार टुंग्याएको हो । सुदूरपश्चिमबाट पूर्व एमालेबाट १ र पूर्व माओवादीबाट १ जना छन्।
पूर्व एमाले समुहबाट शारदा भट्ट र पूर्व माओवादी समूहबाट तारामान स्वारलाई नेकपाले उम्मेद्वार बनाएको छ। भट्ट पूर्व एमालेका पुरानो नेतृ हुन। उनी नेकपाको प्रदेश कमिटी सदस्य पनि छिन्। उनी नेपाल निकट मानिन्छन्। त्यसैगरी अछामका तारामान स्वाँर पुराना नेता हुन्। उनी अध्यक्ष दाहाल निकट मानिन्छन्। राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन माघ ९ गते हुँदै छ।