काठमाडौं, साउन ५ (ई–रैवार)
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका छन्।
प्रधानमन्त्री देउवाले खुमलटारमा प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन्।
पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। निको नहुने पिएसपी रोगले ग्रसित उनी सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन्।


