काठमाडौँ, असार १९ (ई–रैवार)
नेपालमा आज थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनागरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर बिधिबाट ६ लाख ४३ हजार ५८० र एन्टिजेन बिधिबाट ३७ हजार ५५६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाटमृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।


