कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ७ सय ५७ पुग्यो

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ७ सय ५७ पुग्यो
Spread the love

काठमाडौं, कार्तिक ३ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट आइतबार १२ जनाको मृत्यु भएको थियो ।