प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना
Spread the love

धनगढी, साउन ३२ (ई-रैवार)

सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको  पदस्थापना गरिएको छ । सुवाश शाहीको अध्यक्षतामा धनगढीमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उप महानगरपालिकाका खेलकुद संयोजक वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनगढी उप महानगरपालिका वडा ८ का वडाध्यक्ष नारायण बराल, कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह लगयतले मन्तव्य राखेका थिए ।

सुवाश शाहीको अध्यक्षतामा गठन भएको सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा केशव भट्ट, उपाध्यक्षमा प्रतिमा शाह, सरोज चौधरी, उत्तम प्रसाद भट्ट महासचिवमा पदम बहादुर सिह सचिवमा श्रीराम चौधरी र कोषाध्यक्षमा दिपेन्द्र कुँवर चयन भएका छन् ।

यसैगरी कार्य समितिको सदस्यहरुमा जेपी चन्द, सुबाश पडाल, रमेश कुमाल, लोकबहादुर बुढा,कमल कार्की, धन्नन्जय रिमाल, दिल देउवा, कमल पनेरु र महेश खत्री रहेका छन् ।