नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३ सय १२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३ सय १२ पुग्यो
Spread the love

काठमाडौं, भदौ २४ (ई-रैवार)

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयले काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।

यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । हिजो (मंगलबार) पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा १ हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।