काठमाडौं, भदौ २४ (ई-रैवार)
नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाका थप ४ सय ६४ जनामा संक्रमित थपिएका छन् । काठमाडौंका ३ सय ९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, सप्तरीका २६, बाँके र सुर्खेतका २२/२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९ र झापा, पर्सा र सर्लाहीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १/१ जनामा संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ सय १८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । आजसम्म देशभर ३३ हजार ८ सय ८२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४ सय ८० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ६२ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।


