काठमाडौं : नेपालमा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।



