बाजुरा,असार २ (ई-रैवार)
बाजुरामा खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शब फेला परेको छ ।सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाएर बेपत्ता भएकी बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला ल्वारको शब फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदेले ल्वारको शव खोलाले बगाएको ठाउँबाट करिव ५ किलोमिटर तल काला खोला नजिक फेला परेको बताए ।
सोमबार बिहान खोलाले बगाएर बेपत्ता भएकी थिइन् । गाउँमा रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन ।
त्यसैगरी त्रिबेणी नगरपालिका वडा न ५ का १२ बर्षिया बालक कमल बुढा भने अहिले सम्म फेला नपरेको जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक साउँदेले बताए ।


