काठमाडौं, भदौ २१ (ई-रैवार)
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण भए मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।
मन्त्री ढकालले ३ दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि हाल निवासमै क्वारेन्टिनमा बसेको जानकारी दिएका छन् । उनले केही संचारकर्मिहरु सँगको कुराकानीमा आफू होम क्वारेन्टिनमा बसेको पुष्टि गरे ।
‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।


