नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, संख्या २ सय ८९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, संख्या २ सय ८९ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ २१ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुषगरी ९ जनाको मृत्यु भएको हो ।

मन्त्रायका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको मन्त्रायले जनाएको छ ।

यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।